प्रतियोगितात्मक कवि गोष्ठी :
INLS- NASeA / ANMA 2011 को सयुक्त सम्मलेनमा साहित्यिक कार्यक्रम बारे सूचना !!
पूर्ब सूचना अनुसार आउदो सेप्टेम्बर महिनाको २ देखि ५ तारीख सम्म संपन्न हुन गैराखेको Nepalese Association of Georgia (NAG) द्वारा आयोजित जर्जियाको एटलान्टा सहरमा हुन गइरहेको Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) को संयुक्त सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले गर्ने साहित्यिक कार्यक्रममा यहाँहरु सबैलाई स्वगात छ | यो साहित्यिक कार्यक्रम सेप्टेम्बर ३, २०११ सनिबार हुने छ |
यस सयुक्त सम्मलेनमा अनेसासको तत्वाबधानमा भब्य प्रतियोगितात्मक कवि गोष्ठी तथा विविध साहित्यिक कार्यक्रम हुने कुराको सहर्ष जानकारी गराउदछौं | प्रतियोगितामा भाग लिन इच्छुक महानुभाबहरुले समयमा नै आफ्नो कविताहरु निम्न ठेगानामा इमेल मार्फत पठाई दिनु हुन बिनम्र अनुरोध गर्दछौ | उक्त सम्मलेनमा स्वयं उपस्थित हुन असमर्थ हुने साहित्यिक श्रष्टाहरुले पनि आ-आफ्नो रचनाहरु पठाउनु भएमा कार्यक्रममा बाचन गरिने छ |
साहित्यिक कार्यक्रमबारे केहि बिस्तृत जानकारी:
१. कविता नेपाली भाषामा १५० शब्दमा नबढाई लेखिएको हुनुपर्नेछ |
२. कविता कुनै पनि शिर्षकमा लेख्न सकिनेछ |
३. प्रतियोगितामा सामेल हुनका लागि कवि स्वयं उपस्थित भै कविता बाचन गर्नुपर्नेछ |
४. पुरस्कृत कविहरुलाई नगद पुरस्कार (प्रथम: ३००.०० डलर, दोश्रा: २००.०० डलर, तेश्रा: १००.०० डलर र सान्त्वना पुरस्कार) सहित प्रमाणपत्र प्रदान गरिनेछ |
५. उक्त पुरस्कारको अधिकान्स रकम सदाघै प्रायोजन डा. विश्वराज आचार्य तथा “अनेसास जनार्दन-लिला साहित्यिक पुरस्कार” का नामबाट हुने सहर्स जानकारी गराउदछु ।
६. यसै सुचनाबाट अन्य इक्षुक दाता महानुभवहरुलाइ बिशेष प्रायोजनकोलागी सबिनिय अनुरोध् गर्दछु ।
७. अनेसास- NASeA/ANMA “साहित्यिक गोष्ठी” समितिले तीन सदश्यीय निर्णायक मन्डल को घोषणा कार्यक्रम स्थलमा गर्नेछ र निर्णायक मन्डल को निर्णाय अन्तिम् र सबै लाई मान्य हुनेछ ।
मिति: कबिता पठाउने अन्तिम मिति अगस्त २७, २०११ सनिबार
इ-मेल: bimnepal@gmail.com
संपर्क: बिमल नेपाल, कार्यक्रम संयोजक, फ्लोरिडा, 561-704-5579
नेपाली भाषा, कला र संस्क्रितीको बिकासका लागि प्रतिबध अनेसासलाई हामी सबैले सहयोग गरौ र सबै नेपालीको सम्मान गरौ ।
अनेसासको तर्फबाट यस प्रतियोगितात्मक कवि गोष्ठी कार्यक्रममा यहाहरु सबैको हार्दिक स्वागत गर्दछु!
भवदीय,
बिमल नेपाल
संयोजक
साहित्यिक गोष्ठी
अनेसास- NASeA/ANMA Joint Convention, Atlanta, GA
५६१-७०४-५५७९, bimnepal@gmail.com
०७/२७/२०११